बागमती–सर्लाहीको बागमतीमा तीन दिने जल उत्पन्न प्रकोप अभ्यास सम्पन्न गरिएको छ ।
लालबन्दी नगरपालिका–२, स्थित भैरवी दल गणको आयोजनामा बागमती नदीमा सम्युक्त अभ्यास सम्पन्न गरिएको हो । जिल्ला स्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले कृतिम अभ्यासमा भाग लिएका थिए । बागमती नगरपालिका–११, हरिहर क्षेत्र र रौतहटको नुनथर स्थित बागमती नदिमा अभ्यास गरिएको थियो ।
आउदै गरेको मनसुनको समयमा हुन सक्ने बाढि तथा ढुवानको जोखिमको अवस्थामा नागरिकको सुरक्षाका लागि अपनाईने उद्धार कला अभ्यासमा प्रदर्शन गरिएको भैरवी दल गणका गणपती प्रमुख सेनानी सुर्य बहादुर कार्कीले जानकारी दिए । बाढि तथा ढुवानको अवस्थामा उद्धारको लागि प्रयोग हुने मोटरबोट लगाएतका विभिन्न उपकरण समेत प्रदर्शनीमा राखिएको थियो ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको प्रमुख आतिथ्यतामा सम्पन्न अभ्यास प्रदर्शनीमा जिल्लाका तीन वटै सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिती रहेको थियो ।