Tuesday, July 16, 2024

छोराले चलाएको मोटरसाईकलबाट उछिट्टिएर बुवाको ज्यान गयो

ताजा / भरखरै प्राप्त

बागमती–पुर्व–पश्चिम राजमार्ग स्थित सर्लाहीको बागमतीमा मोटरसाईकलबाट उछिट्टिएर एक बृद्धको मृत्यु भएको छ ।

बागमती नगरपालिका–१, मिलनचोकमा भएको दुर्घटनामा परी गम्भिर घाईते भएका बाराको कोल्वी नगरपालिका–१, बस्ने ६५ बर्षका निर बहादुर प्रसाईको उपचारको क्रममा बुधबार बाराको एसएलन्यूरो अस्पतालमा मृत्यु भएको हो । प्रसाईका छोराले चलाएको बा ९१ प ९३६२ नम्बको मोटरसाईकलबाट मंगलबार प्रसाई उछिट्टिएर लडेका थिए ।

हात, खुट्टा र टाउकोमा चोटलागेर अचेत बनेका उन्लाई तत्काल उपचारको लागि नयारोड स्थित दयन्ती अस्पताल पुर्याईएको थियो । त्यहा सामान्य उपचार पश्चात थप उपचारको लागि बारा पुर्याईएको र उपचारको क्रममा उन्को निधन भएको प्रहरीले जनाएको हो ।

घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles