Tuesday, July 16, 2024

चापाकलबाट करेन्ट लागेको एक पुरुषको मृत्यु

ताजा / भरखरै प्राप्त

बरहथवा–सर्लाहीको बरहथवा नगरपालिका स्थित पैतालिस बिगाहमा एक पुरुषको करेन्ट लागेर ज्यान गएको छ ।

चापाकलबाट करेन्ट लागेर बरहथवा नगरपालिका–९, पैतालिस बिगाहा बस्ने ६० बर्षका रत्न बहादुर डिमडोङको मृत्यु भएको हो । बागमती नगरपालिका–३, घर भएका डिमडोङ पैतालिस विगाहमा कोठाभाडामा गरेर बस्दै आएका थिए । नुहाउने क्रममा उन्लाई चापाकलमा जोडेको मोटरबाट करेन्ट लागेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

करेन्ट लागेर अचेत बनेका उन्लाई तत्काल उपचारको लागि नवजिवन अस्पताल बरहथवा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यलय बरहथवाले जनाएको हो । प्रहरीले सव परिक्षण पश्चात आफन्तको जिम्मा लगाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles