Tuesday, July 16, 2024

गाडीमा लागेको आगोमा परेर दुई जना घाईते

ताजा / भरखरै प्राप्त

हरिपुर्वा–सर्लाहीको हरिपुर्वामा गाडीमा आगो लाग्दा दुई जना घाईते भएका छन् ।

बुधबार मध्यराती हरिपुर्वा नगरपालिका–४, डुमरीयाटोलमा लामखुट्टे धपाउने औषधी छिट्ने गाडीमा आगलागी भएको हो । आगलागीबाट गौर नगरपालिका–८, निवासी २५ बर्षका लक्ष्मी नारायण साह र वडा नम्बर ४ का ५० बर्षिय गेना पण्डित घाईते भएका छन् । उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट साहको ५ प्रतिशत र पण्डितको ५० प्रतिशत शरिरको भाग जलेको छ । उनीहरु दुवै जनालाई रातीनै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । आगलागीबाट गौर नगरपालिकाको मधेश प्रदेश ०३–००१ झ ०११८ नम्बरको पिकअप गाडी समेत नष्ट भएको प्रहरीले जनाएको हो ।

घाईते दुवै जना लामखुट्टे धपाउने औषधी छिट्ने काम गर्ने कामदार रहेको खुलेको छ । उनीहरु सर्लाहीको हरिपुर्वामा केही दिन देखी लामखुट्टेको बिगबिगी रोक्न औषधी छिट्ने काम गरिरहेका थिए । गौर नगरपालिका संग रहेको अत्याधुनीक लामखुट्टे धपाउने मेसिन हरिपुर्वा ल्याएर प्रयोग गरिरहेको अवस्थामा अचानक आगो लागेको नगर प्रमुख बिनोद कुमार साहले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles