लालबन्दी–सर्लाहीको लालबन्दी नगरपालिका स्थित एजुकेशन माइन्स कन्सलटेन्सीको उद्घाटन तथा सेमिनार सम्पन्न भएको छ ।
अध्ययनक लागी जापान जान इच्छुक विद्यार्थीका लागि उपयोगी बैदेशिक शैक्षिक परामर्ष कार्यक्रम आयोजना गरिएको हो । संस्थाले लालबन्दी नगरपालिका–९, स्थित होटल आर्या इनमा Study in japan Information Session संचालन गरेको थियो ।
यस कन्सलटेन्सीले जापान जान इच्छुक विद्यार्थीका लागि भाषा कक्षा समेत संचालन गर्दै आइरहेको छ । जापान लगाएत विभिन्न देशमा अध्यनको लागि जान चाहने बिद्यार्थीहरुको लागी परामर्ष प्रदान देखी प्रकृयामा सहजी करण समेत गर्ने गरिएको कन्सल्टेन्सीका संचालक उत्सव वनले जानकारी दिए ।
लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यता तथा नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटीको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा भाषा कक्षामा सहभागि बिद्यार्थी तथा विभिन्न बिद्यालयका बिद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।
सके सम्म नेपालमै पढैँ । जानै परे उचित परामर्ष र जानकारी लिएर मात्र बिदेश जाउँ भन्ने नारा सहित आयोजना गरिएको सेमिनारमा जापानी बिद्यालयका विज्ञ असही काजुहिको समेत उपस्थिती रहेको थियो ।