Tuesday, July 16, 2024

आदिवासी जनजाति महासंघको सम्मान कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिवन–नेकपा एमालेको जनवर्गीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

आईतबार हरिवनमा आयोजित एक कार्यक्रमका विच पार्टीको नवौं जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष राज नारायण साह, उपाध्यक्ष बिदुर प्याकुरेल, सचिव डिल्ली प्रसाद अधिकारी, उप–सचिव बिबा नेपाल र उपसचिव बलराम एस्माली मगर समेत गरी २३ जनालाई सम्मान गरिएको हो ।

आदिवासी जनजाति तर्फबाट जिल्ला कमिटिमा निर्वाचित सम्पुर्णलाई बधाई ज्ञापन सहित सम्मान गरिएको महासंघका जिल्ला अध्यक्ष चन्द्र दोङले जानकारी दिए । सम्मान कार्यक्रमा महासंघ केन्द्रिय सदस्य सरिता घिसिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बधाई ज्ञापन तथा सम्मान कार्यक्रमका अधिकांस बक्ताहरुले जिल्ला कमिटिलाई सुदृढ बनाउनु पर्नेमा जोड समेत दिए ।

कार्यक्रमको विशिष्ट अतिथिमा राज नारायण साह, पार्टी प्रदेश कमिटी सदस्य माधव प्रसाद कोइराला, प्रदेश कमिटी सदस्य सुशील थपलिया, मलंगवा नगरपालिकाका पूर्व मेयर निरसल साह, जिल्ला कमिटीका पदाधिकारी पूर्व हरिवन नगर इन्चार्ज राम प्रसाद घिमिरे, जिल्ला कमिटी सदस्य गितानाथ मैनाली, पोष्ट कुमार लुइँटेल लगाएत रहनु भएको थियो ।

यस्तै जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष दिपमान लोप्चन, हरिवन नगरकमिटी उपाध्यक्ष रन्जु बल लगायतका नेताहरुको समेत उपस्थिति रहेको कार्यक्रम संचालक राजु लो तामाङले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles