Tuesday, July 16, 2024

प्रहरीले एक जना मानिस सहित अबैध सामान भन्सार बुझायो

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले एक जना मानिस सहित विभिन्न समयमा वरामद गरेको अबैध सामाग्री भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरीका कार्यालय सर्लाही तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको सामाग्री र भन्सारछलीमा संलग्न एक जना मानिसलाई भन्सार कार्यालयमा बुझाएको हो । भन्सारछली नेपाल भित्राउदै गर्दा उक्त सामाग्रीहरु बरामद् भएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

बरामद सामाग्रीमा लत्ता कपडा, किराना सामान तथा कस्मेटिक सामाग्री, ५ जान मोटरसाईकल र २ थान कार रहेको प्रहरीले जनाएको छ । उक्त सामाग्रीको मुल्य २१ लाख ४६ हजार २ सय ९५ रुपैया कायम गरी आवश्यक कार्वाहीका लागि भन्सारमा बुझाईएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles