Tuesday, July 16, 2024

हरिवनमा भएको आगलागीबाट एक घरमा क्षती

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित घुर्कौलीमा भएको आगलागी घटनामा एक घरमा आंशिक क्षती पुगेको छ ।

बुधबार हरिवन नगरपालिका–७, धुर्कौली निवासी प्रमिला साहको जस्ताले छाएको घरमा आगलागी भएको हो । आगलागीबाट बाँसको टाँटी तथा भुई ढलान भएको उक्त घरमा आंशिक क्षती पुगेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

आगलागीबाट घर भित्र रहेका अन्नपात लत्ता कपडा लगाएत सरसामाग्री समेत जलेर नष्ट भएको छ । आगलागीबाट साहको घरमा एक लाख २० हजार बराबरको क्षती भएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

आगो स्थानीय र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए । एक्कासी घरमा लागेको आगो के कारणले लागेको हो ? भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles