हरिपुर्वा–सर्लाहीको हरिपुर्वामा भएको आगलागीमा परेर एक घर जलेर नष्ट भएको छ । झण्डै १२ लाख बराबरको धनमाल क्षती भएको छ ।
गएराती ८ बजेको समयमा हरिपुर्वा नगरपालिका–४, साहपुर टोला स्थित किशोरी बैठाको बाँसको टाटीले बेरेको खपडाको छानो भएको घरमा आगलागी भएको हो । आगलागीबाट घर पुरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्त एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
खाना पकाउन बालेको आगो घरमा सल्किएको प्रहरीको अनुमान छ । आगोले घर सहित घरमा रहेका तीन लाख नगद, लत्ताकपडा, खाध्यन्न, भाडाबर्तन, कागजात जलेर नष्ट हुदा १२ लाख बराबरको धनमालमा क्षती भएको प्रहरीले जनाएको हो । आगो स्थानीय र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको थियो ।