हरिवन–नेकपा माओवादी केन्द्र हरिवन नगर कमिटिको आयोजनामा स्वर्गीय रामचन्द्र कुशवाह स्मृती सभा सम्पन्न गरिएको छ ।
बिहिबार हरिवन नगरपालिका–४, स्थित पटौनामा रहेको गणेश मन्दिर परिसरमा कुशवाहको तेस्रो स्मृती सभा सम्पन्न गरिएको हो । पार्टीका जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य अच्युतम काफ्लेको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको पार्टीका हरिवन नगर अध्यक्ष अर्जुन पन्तले जानकारी दिए ।
सहभागिहरुले स्वर्गीय कुशवाहको तस्विरमा अविर तथा माला परिर्याएर श्रद्धासुमन प्रकट गरेका थिए । अधिकांश बक्ताहरुले स्वर्गीय कुशवाहको योगदानको चर्चा गरेका थिए । स्वर्गीय कुशवाहले अगाडि सार्नु भएका योजना पुरा गर्न सकेमात्र साचो अर्थमा उहाँप्रति श्रद्धाञ्जली ब्यक्तहुने बक्ताहरुको भनाई थियो ।
यसै विच पार्टीले रामचन्द्र कुशवाह स्मृती प्रतिष्ठान सर्लाही गठन गर्ने निर्णय गरेको छ । स्व. कुशवाहको स्मृतीमा सामाजिक काम गर्ने गरी प्रतिष्ठान गठन गर्ने तयारी गरिएको नगर कमिटि अध्यक्ष पन्तले बताए । कार्यक्रममा नेता राजकुमार यादव, ट्रेड युनियनका युवराज लुईटेल, अखिल क्रान्तीकारी केन्द्रिय सदस्य सदिउल शेष, एकिकृत नेपाल शिक्षक संगठन हरिवन नगर अध्यक्ष रामविश्वास कुशवाह लगाएतको आतिथ्यता रहेको थियो ।