Tuesday, July 16, 2024

सर्लाही प्रहरीद्वारा १३ वटा रक्सी भट्टी नष्ट

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले मलंगवा नगरपालिका स्थित भाडसरमा अबैध संचालन भइरहेको १३ वटा रक्सी भट्टी नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार मलंगवा नगरपालिका–५, भाडसरमा अबैध संचालन भईरहेका १३ वटा रक्सी भट्टी नष्ट गरेको हो । सूचनाको आधारमा पुगेको प्रहरी टोलीले रक्सी भट्टीमा रहेको ७ हजार लिटर कच्चा पदार्थ समेत नष्ट गरेको छ ।

रक्सी बनाउने मेसिन ६ थान, ड्रम ४० वटा, वडानम्बर–६, खुटौना स्थित भट्टी भित्र रहेको एक थान चुलो समेत गरी दुई लाख २० हजार मुल्य बराबरको सामान नष्ट गरेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रहरी आउने खवर पाएपछि भट्टी संचालकहरु भने भागेका कारण पक्राउ परेका छैन्न ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles