Tuesday, January 14, 2025

सर्लाहीमा सामान्य वर्षा, किसानहरु थप बर्षाको आशमा

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाहीमा ७ महिना पछि हावाहुरी सहित सामान्य बर्षा भएको छ ।

असोज देखी पानी नपरेको जिल्लामा मंगलबार दिउसो एक्कासी मौसम बदली भएर पानी परेको हो । पानी जिल्लाको दक्षिणी क्षेत्रमा धेरै पानी परेको स्थानीयले बताएका छन् । यहाँ केही दिन पहिला देखीनै मौसम चिसिदै गएको थियो । लगातार बढेको गर्मीका कारण आजित स्थानीयले पानी परेपछि राहत महसुस गरेका छन् ।

पानी नपरेर बाली लगाउन नपाएका चुरे काखका किसानले समेत ढिलै भएपनि खेती लगाउन पाहिने आशा व्यक्त गरेका छन् । बिहानै देखि धाम्मधुम्म भइरहेको यहाँको मौसम दिउँसोबाट बदली भएर अधिकांश ठाउँमा हावाहुरी सहित पानी परेको हो । दक्षिणतर्फबाट पानी सहितको हावाहुरी उत्तरतर्फ सरिरहेको छ ।

पानी परेपछि जिल्लामा वायुमण्डल समेत सफा देखीएको स्थानीयले बताए । जिल्लाका चुरे तथा वन क्षेत्रमा लागेको डढेलोका कारण वायु प्रदुषणहुदा स्थानीयमा आँखा पोल्ने टाउको दुख्ने, लगाएतको स्वास्थ्य समस्या देखिदै आएको थियो । जिल्लाका केही क्षेत्रमा सामान्य बर्षा भएको भएपनि बरहथवा लगाएतका ठाउँमा भल बगेको छ ।

निकास नपाएको ठाउँमा जमेको पानीले जिल्लाका बिभिन्न स्थानका सडकहरु ढुवान बनेका छन् । पानी परे संगै जिल्लाका वन क्षेत्रमा लागेको डढेलो समेत नियन्त्रणमा आएको डिभिजन कार्यलय सर्लाहीका प्रमुख मंजुर अहमदले जानकारी दिनुभयो । लामो समय देखी वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आउने अपेक्षा गरेको उहाँको भनाई छ ।

बिषेश गरी यो बर्षाले जिल्लाको उत्तरी क्षेत्रमा आकाशे पानीको भरमा खेती हुदै आएका ठाउँमा नागरिकले राहत महसुस गरेका जनाएका छन् । बागमती नगरपालिका–१, दापडाँडाका स्थानीय रामबहादुर लोप्चनले पानी नपरेको कारण बाझै बसेको जग्गामा मकै लगाउने तयारी गरेको बताउनु भयो ।

यस्तै जिल्लाको हरिवन, लालबन्दी, ईश्वरपुर, चन्द्रनगर लगाएतका स्थानमा किसानले लगाएको तरकारी वालीलाई समेत आकाशे पानीले फाईदा पुगेको बताएका छन् । चर्को खडेरीले सुक्न लागेको तरकारी वाली समेत फिर्ने आश पलाएको किसान दिनेश महतोको भनाई छ । यस क्षेत्रका अधिकांश नागरिकहरु तरकारी खेतीमा आवद्ध छन् ।

जिल्लाका किसानहरु भने अझै प्रयाप्त पानी पर्ने आशमा बसेका छन् । लामो समय देखीको खडेरीका कारण जिल्लाका चुरे क्षेत्रका पानीको मुहान सुक्नुका साथै तराई क्षेत्रका चापाकल लगाएतका पानी श्रोत समेत सुक्दै गएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles