Tuesday, January 21, 2025

सर्लाहीमा सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाईते

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाहीको मलंगवा र बलरामा भएको दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ । भने, तीन जना घाईते भएका छन् ।

बुधबार राती मलंगवा नगरपालिका–१, भेडियाहीमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको हो । सोही स्थानकी ६५ बर्षिया मलकिनया देवीको भारतीय नम्बर बिआर ३० के ६६ ८८ नम्बरको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएपछि उन्लाई चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने मोटरसाईकल र चालक सोही स्थानका २४ बर्षका लालकिशोर मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठक्कर दिने मोटरसाईकल चालक सम्बन्धमा मृतकको नाती रहेको प्रहरीले जनाएको हो ।

सव परिक्षणको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको पारिवारीक श्रोतले जनाएको हो ।

यस्तै सर्लाहीको रामनगर स्थित हुलाकी सडक खण्डमा एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार तीन जना घाईते भएका छन् ।

गएराती नै रामनगर गाउँपालिका–५, बिर्ता टोला स्थित हुलाकी सडक खण्डमा मलंगवाबाट बलरा तर्फ जादै गरेको ज १ झ ४११ नम्बरको एम्बुलेन्सले भारतीय नम्बर भएको बिआर ३० एफ ५४६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । एम्बुलेन्सको ठक्करबाट मोटरसाईकल चालक भारतको बिहार राज्य सितामढी ग्राम पंञ्चायत बस्ने अन्दाजी ३५ बर्षका जय प्रकाश यादव, मोटरसाईकलको पछाडि सवार सर्लाहीको रामनगर गाउँपालिका–४, बस्ने अन्दाजी ४५ बर्षका आस बिहारी यादव र बलरा नगरपालिका–८, बस्ने अन्दाजी ४० बर्षका जयमंगल यादव घाईते भएका हुन् ।

उनीहरुको शरिरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते सबैको उपचार भईरहेको प्रहरीले जनाएको हो । घटनाम संलग्न एम्बुलेन्स, मोटरसाईकल र एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles