Tuesday, July 16, 2024

सर्लाहीमा पनि गणतन्त्र दिवस भव्यताका साथ मनाईयो (फोटो फिचर)

ताजा / भरखरै प्राप्त

ईश्वरपुर–सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी १६ औँ गणतन्त्र दिवस भव्यताका साथ मनाईएको छ ।

मंगलबार ईश्वरपुर नगरपालिकामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईएको हो । दिवसको अवसरमा प्रभात फेरी, ५ दिवसीय योग शिविर उद्घाटन, निशुल्क आँखा शिविर आयोजना गरिएको थियो । यस पहिला जिल्ला प्रशासन कार्यलय मलंगवामा बिहान झण्डोतोलन कार्यक्रम समेत सम्पन्न गरिएको कार्यलयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।

प्रभात फेरी कार्यक्रममा जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिङ, ईश्वरपुर नगरपालिकाका मेयर मनोज आचार्य, प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, जिल्लका सम्पुर्ण सुरक्षा निकायका प्रमुख लगाएतको सहभागिता रहेको थियो । आजबाट सुरु भएको योग शिविरको सहजी करण पतन्जली योग समितिका प्रदेश प्रभारी लवदेव मिश्रले गरेका थिए ।

गणतन्त्र दिवस भव्य रुपमा मनाउन शुक्रबार जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले जिल्ला समन्वय समिति सभापति कोशल किशोर सिङको संयोजकत्वमा १५१ सदस्य मुल समारोह समिति गठन गरेको थियो । समितिको पहलामा जिल्लाका विभिन्न स्थानमा दिवसको अवसरमा रचनात्मक कार्यक्रमहरु सम्पन्न गरिएको छ । दिवसको अवसरमा विभिन्न पालिकाहरुले बृक्षरोपण लगाएतका कार्यक्रम समेत गरेको जनाएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles