Tuesday, July 16, 2024

सर्लाहीका प्रमुख जिल्ला अधिकारी परिवर्तन

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाहीका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् ।

गृहमन्त्रालयले बुधबार गरेको निर्णय अनुसार सर्लाही सहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका हुन् । मन्त्रालयको सूचना अनुसार सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण काठमाण्डौ सरुवा भएको छ ।

प्रमुख जिल्ला अधिकारी धमलकाको स्थानमा कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको सरुवा भएको हो । अधिकारी कञ्चनपुर जिल्ला प्रशासन कार्यलयबाट केही दिनमा सर्लाही आउनु हुने श्रोतले जनाएको छ ।

२०८० असोज २९ गते प्रमुख जिल्ला अधिकारीको रुपमा सर्लाहीमा हाजिर हुनु भएका धमला ८ महिना पछि सरुवा भएर गएका हुन् । धार्मिक तथा आध्यात्मिकतामा धेरै रुची राख्ने धमलाले जिल्लाको शान्ति सुरक्षामा उल्यखनीय योगदान गरेको स्थानीयको भनाई छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles