Tuesday, July 16, 2024

शुभकामना आदान प्रदान सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिपुर–नेपाल प्रेस युनियन शाखा सर्लाहीले स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार सर्लाहीको हरिपुर नगरपालिका सभाहलमा संगठनको ३३ औं स्थापना दिवसको अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरिएको सर्लाही शाखा अध्यक्ष कृष्ण थपलियाले जानकारी दिए । स्थापना दिवस आईतबार हिजो परेको भएपनि सर्लाही शाखाले सोमबार औपचारिक कार्यक्रम आयोजना गरेको हो ।

लोकतान्त्रिक विधि र प्रद्धती अनुरूपको पत्रकारिता प्रतिको निष्ठा सदैव कायम रहने जिल्ला अध्यक्ष थपलियाले जानकारी दिए । श्रमजिवी पत्रकारहरूको विश्वास र भरोसा अक्षुण राख्दै व्यावसायिक पत्रकारिता आजको आवश्यक्ता रहेको संगठनका शाखा सचिव रामबाबु खडकाले बताए ।

२०४८ जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन गठन गरेको दिनको अवसरमा हरेक बर्ष जेठ १३ गते स्थापना दिवस मनाउने गरिएको छ । समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य बिध्यानन्द राय, पत्रकार ओम प्रकाश ठाकुर, बख्तीयार अली लगाएतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए ।

हरिपुर नगरपालिकाकी उपमेयर निलम देवी राय यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उपमेयर यादवले सम्पुर्ण पत्रकार समाज एक भएर अगाडि बड्न सकेमात्र समाजको उन्नती हुने बताईन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles