Tuesday, July 16, 2024

वडा कार्यालयद्वारा जेष्ठ नागरिक सम्मान

ताजा / भरखरै प्राप्त

राजु तामाङ, हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सोमबार एक कार्याक्रमका विच हरिवन नगरपालिका–५, ले वडा भित्र रहेका १८० जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । ६८ वर्ष भन्दा माथिका वृद्धवृद्धाहरुलाई स्वास्थ्य चेकचाँच सहित एक थान झुल, एक थान छाता, हर्लिक्स र दोसल्ला ओडाएर सम्मान गरिएको वडाध्यक्ष नागेन्द्र साहले जानकारी दिए ।

यस वडाले चालु आर्थिक वर्ष ०८०÷०८१ को निति तथा कार्यक्रममै जेष्ठ नागरिक सम्मान कार्यक्रम समाबेश गरेको थियो । २ लाख बजेटमा लक्षित समुहलाई कार्यलय प्रांगणमै उपस्थित गराएर सम्मान गरिएको वडाध्यक्ष साहको भनाई छ । सम्मानित हुन पाउँदा जेष्ठ नागरिकहरु निकै खुसी देखिएका थिए ।

वडाध्यक्ष साहको अध्यक्षतामा सम्पन्न जेष्ठ नागरिक सम्मान कार्यक्रममा वडास्तरीय जेष्ठ नागरिक सञ्जालका उपाध्यक्ष भगत बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो । भने, जनप्रतिनिधि, बुद्धिजीवी, भद्र भलाद्मी, समाजसेवी लगायतका व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles