Monday, October 7, 2024

लालबन्दीमा ब्युटिसियन तालिम सुरु

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीमा १० दिने ब्युटिसियन तालिम सुरु भएको छ ।

बुधबार लालबन्दी नगरपालिका–६, स्थित पुरानो नगरपालिका सभाहलमा उपमेयर कल्पनामाया पाख्रीनले तालिमको उद्घाटन गरिन् । वडा कार्यलय अन्तरगतको बजेटबाट सुरु भएको तालिम उपमेयर पाख्रिनको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । महिलाहरु चुलो चौकोबाट बाहिर निस्किएर आय आर्जनमा पनि जोडिनुपर्ने उहाँको भनाई थियो ।

यस्तै उपमेयर पाख्रिनले पालिकाले ल्याएको योजना र कार्यक्रमका बिषयमा चासो राख्नु पर्ने उहाँको भनाई छ । महिला तथा एकल महिलाहरुले पालिकाले के–के कार्यक्रमहरु संचालन गर्दै छ ? भनेर चासो नदिदा बजेट प्रयोगनै नभई फ्रिज हुने जोखिम रहेको उपमेयर पाख्रिनले बताईन् । पालिकाले लक्षित बर्गको बजेट सदुपयोग भएको हेर्न चाहेको उहाँको भनाई छ ।

यस्तै तालिमका लागि तालिम भन्दा पनि यसबाट स्थानीय स्तरमा महिलाहरु स्वरोजगार तथा ब्यवसायिक भएमात्र कार्यक्रमले सार्थकता पाउने कार्यक्रमका अधिकांश बक्ताहरुको धारणा थियो । तालिममा वडा अन्तरगतका १५ जना महिला तथा युवतीहरुको सहभागिता रहेको छ ।

वडाध्यक्ष लालकुमार योन्जनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपप्रमुख पाख्रीनको प्रमुख आतिथ्यमा रहेको थियो । कार्यक्रममा नगरको मेड्पा शाखाका समीर सुवेदी, एकल महिला जिल्ला अध्यक्ष झम्का धिताल, पत्रकार रोहित पौडेल, वडासदस्य लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वडाध्यक्ष योन्जनले सिपमुलक तालिम मार्फत वडावासीलाई ब्यवसायिक बनाउदै समृद्धि तर्फ अग्रसर गराउने प्रतिबद्धता जनाए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles