लालबन्दी–नेपाल क्योकुशिन—कान कराते सघं सर्लाहीको आयोजनामा लालबन्दीमा दोस्रो राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गरी जेठ २५ र २६ गते लालबन्दीमा राष्ट्रिय स्तरको कराते प्रतियोगिता आयोजना हुने जानकारी गराईएको हो । प्रतियोगितामा महिला र पुरुष तर्फ गरेर १३ वटा तौल समुहमा प्रतिस्पर्धा गराईने नेपाल क्योकुशिन—कान कराते सघं सर्लाहीका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा सर्लाही सहित मधेश प्रदेशका ७ जिल्ला, बागमती, गण्डकी र कर्णाली प्रदेश तथा तीन विभागित गरी १३ वटा टिम सहभागि हुने छन् । २ सय ५० बढि खेलाडिहरुले प्रतिस्पर्धामा भाग लिने आयोजक समितिका प्रशिक्षक समेत रहेका शशी देवकोटाले जानकारी दिए ।
१६ लाख ५० हजार लागत अनुमान गरिएको यस प्रतियोगिताका लागि नगर खेलकुद विकास समिति लालबन्दी र प्रायोजकहरुबाट संकलन हुने अपेक्षा गरिएको आयोजकले जनाएको हो । प्रतिस्पर्धामा उत्कृष्ठ हुने खेलाडिहरुका लागि नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजक टिमका प्रशिक्षक देवकोटाको बताए ।