Tuesday, July 16, 2024

लालबन्दीबाट गाँजा सहित एकजना पक्राउ

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाही प्रहरीले अबैध लागु औषध गाजाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधबार लालबन्दी नगरपालिका–७, बजार क्षेत्रबाट प्रहरीले ५ किलो गाजाँ सहित महोत्तरीको जलेश्वर नगरपालिका–९, निवासी ६५ बर्षका नागेन्द्र सिङलाई पक्राउ गरेको हो । पुर्व पश्चिम राजमार्ग स्थित बर्गर हाउस अगाडि बसिरहेका उन्लाई शंका लागे चेक जाच गर्दा गाँजा बरामद भएको प्रहरीको भनाई छ ।

सिङले बोकेको गहँुको बोरामा लुकाई छिपाई ल्याएको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले गाँजा सहित सिङलाई अनुसन्धानको लागि हिरासतमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles