बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित दुम्जाली टोलमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
शनिवार बिहान ४ः३० बजेको समयमा बागमती नगरपालिका–७, दुम्जाली टोला बस्ने दुर्गा लामा जिम्बाको घरमा एक्कासी आगलागी भएको हो । आगलागीबाट जिम्बाको फुसको घर, घर भित्र रहेको अन्नपात लत्ताकपडा लगाएको सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
आगलागीबाट सर्वस्व जलेर नष्ट भएको जिम्बाको नगद १० हजार सहित ३ लाख ५० हजार बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको घटना लगतै पुगेको प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।