Tuesday, January 21, 2025

बिद्युत सर्ट भएर लागेको आगोले धनकौलमा सात घर खरानी

ताजा / भरखरै प्राप्त

धन्कौल–सर्लाहीको धन्कौलमा बिद्युत सर्ट भएर लागेको आगोले ७ वटा घर जलेर खरानी भएको छ ।

जिल्लाको दक्षिण पश्चिम क्षेत्र धनकौल गाउँपालिका–२, मा भएको आगलागीबाट स्थानीय विपन्न मण्डल परिवारको ७ वटा फुसको घर जलेर नष्ट भएको हो । दिउसो एक्कासी स्थानीय सुरेश मण्डलको घरबाट आगलागी सुरु भएको स्थानीयको भनाई छ । सोही आगोले छिमेकी गणेश मण्डल, शिवचन्द्र मण्डल, शंकर मण्डल, रामप्रवेश मण्डल, रामपृत मण्डल र शिवजी मण्डलको घर जलेर खरानी भएको जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

तीव्र गतिको हावा समेत चलेका अवस्थामा लागेको आगोले छिन भरमै फुसको छानो भएको घर खरानी बनेको प्रत्यक्षदर्शी राजकुमार महतोले जानकारी दिनुभयो । आगलागीले विपन्न मण्डल परिवारको गाँस, बास र कपास समेत गुमेको छ । सातै परिवार आगलागी पछि खुल्ला आकाश मुनी आईपुगेका वडाध्यक्ष रामबहादुर सहनीले जानकारी दिनुभयो । पीडित परिवारलाई तत्कालका लागि राहत दिने बिषयमा छलफल गरिरहेको उहाँको भनाई थियो ।

आगो स्थानीय र सुरक्षाकर्मीहरुको पहलमा नियन्त्रणमा आएको थियो । जिल्लाका सबै पालिकामा दमकलको व्यवस्था नहुदा आगो नियन्त्रणमा समया हुने गरेको स्थानीयको भनाई छ । जिल्लाको दक्षिणी क्षेत्रमा लामो दुरी पार गरेर दमकल जापुग्नु पर्ने बाध्यता छ । जिल्लामा अत्यधिक बढेको तापक्रम, तातो र तिब्र गतीमा चल्ने हावा तथा सुख्खा अवस्थका कारण दैनिक आगलागीका घटना भईरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles