हरिपुर्वा–सर्लाहीको हरिपुर नगरपालिका र पर्सा गाउँपालिकामा संचालिक बाल स्पोन्सर सिप परियोजना अन्तरगत कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।
दुबै पालिकाका किशोर किशोरीहरु र सरोकारवाला निकायको सहभागितामा तीन दिने गोष्ठि सम्पन्न गरिएको परियोजना संयोजक प्रमेश बादेले जानकारी दिनुभयो । वल्र्ड भिजन इन्टरनेस्नलको साझेदारीमा बागमती सेवा समाजले हरिपुर्वा र पर्साका किशोर किशोरीहरुलाई सहभागि गराई कार्यक्रम सम्पन्न गरेको हो ।
तीन दिनसम्म संचालित गोष्ठीमा बालबालिकाले बागमती सेवा समाज नेपाल, हरिवन सर्लाही, राष्ट्रिय रोजगार प्रबद्र्धन केन्द्र, मलंगवाबाट हरिपुर्वा नगरपालिका र पर्सा गाउँ पालिकामा भईरहेको कार्यक्रमको बारेमा जानकारी लिएका थिए । उनीहरुलाई कार्यक्रमको स्थलगत अनुगमन समेत गराईएको संयोजक बादेले जानकरी दिए । किशोर किशोरीहरुले लाभग्राहीहरु संग प्रत्यक्ष भेटगर्ने, कुराकानी गर्ने, कार्यक्रमको प्रभावकारीताको बारेमा जानकारी लिने गरेका उन्को भनाई छ ।
यस्तै गोष्ठिको समापन समारोहमा बोल्नुहुदै हरिपुर्वा नगरपालिकाका मेयर बिनोद कुमार साहले किशोर किशोरीहरुले नगरमा भएका गतिविधिको निगरानी गर्नु पर्ने बताउनु भयो । नगरले ल्याएका योजना देखी त्यसमा विनियोजन भएको बजेट, कामको प्रगती लगाएतको बिषयमा निगरानी गर्ने तथा खवरदारी गर्ने हो भने, नगर विकास हुन समय नलाग्ने उनको भनाई थियो ।
यस्तै नगर प्रमुख साहले बालबालिकाको क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
आफ्नो गाउँ ठाउँमा हुने विकास निर्माण लगाएतका कार्य सम्पादन प्रकृयाबारे जानकारी दिन यो कार्यक्रम कोशेढुंगा सावित हुने वल्र्ड भिजन इन्टरनेसनल नेपाल, बर्दिवास ईष्टफिल्ड कार्यालय क्लष्टरका प्रमिल अधिकारीले बताए । कार्यक्रममा संसार श्रेष्ठ, प्रमेश बादे लगाएतले सहजी करण गरेका थिए ।