Tuesday, July 16, 2024

बागमती शिर्ष स्थानमा फर्कियो

ताजा / भरखरै प्राप्त

बागमती–अतिरिक्त समयमा राज भुषालले गरे गोल सँगै बागमती यूथ क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बागमतीले समाज कल्याण खेलकुद केन्द्रलाई २–१ गोलले पराजित गरेको हो । बागमतीको जितमा सिर्जनराज गौतम र राज भुसालले गोल गरे । खेलको तेस्रो मिनेटमै सिर्जनको गोलबाट बागमतीले शुरूआती अग्रता लिएको थियो ।

रोशन क्षेत्रीले खेलको ३४औं मिनेटमा गोल गर्दै समाज कल्याणलाई खेलमा फर्काएका थिए । तर, हार भने टर्न सकेन्न । अतिरिक्त समयको आठौँ मिनेटमा बागमतीका राजले निर्णायक गोल गरे । सचु गुरुङले मध्यभागबाट प्रहार गरेको फ्रिकिकलाई राजले गोलमा परिणत गरेका हुन् ।

जित सगैँ बागमतीले ३ अंक जोडेको छ । अंकतालिकामा बागमतीले १० खेलमा २३ अंक जोड्दै शिर्ष स्थानमा फर्किएको हो । भने, पराजित समाज कल्याण समान खेलबाट १६ अंकका साथ चौथो स्थानमा छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles