Saturday, November 9, 2024

बरहथवा घटना : साह परिवारलाई राहत रकम प्रदान

ताजा / भरखरै प्राप्त

बरहथवा–सर्लाहीको बरहथवा घटनामा प्रहरीको गोलीबाट ज्यान गुमाएका साह परिवारलाई राहत रकम प्रदान गरिएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले पीडितको घरमै पुगेर राहत बापतको १० लाख रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । बरहथवा नगर अस्पतालको स्वामित्वको बिषयलाई लिएर गत पुस २० गते भएको आन्दोलनको क्रममा बागमती नगरपालिका–१०, निवासी ३० बर्षका जयशंकर साहको प्रहरीको गोली लागेर घटना स्थलमै मृत्यु भएको थियो ।

पुस २१ गते गृह मन्त्रालयले गरेको निर्णय अनुसार १० लाख राहत रकम प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिए । बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटुवाल समेतको सहभागितामा पुगेको टोलीले चेक मृतक साहकी आमालाई प्रदान गरेको जिल्ला प्रशासन कार्यलयका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए । बागमती घर भएका साहले बरहथवामा होटल व्यवसाय समेत संचालन गरेका थिए ।

राहत रकम हस्तान्तरणका लागि प्रमुख जिल्ला अधिकारी धमलाको नेतृत्वमा जिल्ला समन्वय समिति सभापति कौशल किशोर सिङ, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, अधिकारकर्मी बनिता कार्की लगाएत बरहथवा स्थित साहको घर पुगेका हुन् । उक्त घटनामा साह परिवारले घरको एकमात्र भरोसा गुमाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles