बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित धरहरामा बगाले थापा सेवा समाज सर्लाहीको पहिलो भेला सम्पन्न भएको छ ।
शनिवार बागमती नगरपालिका–२, धरहरामा रहेको बगाले थापा कुलायन मन्दिर परिसरमा समाजको पहिलो भेला सम्पन्न भएको हो । समाजका जेष्ठ सदस्य समेत रहनु भएका चुडाबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले रामहरी थापाको अध्यक्षतामा १३ सदस्य समिति समेत गठन गरेको छ ।
बगाले थापा क्षेत्रीको उत्थान तथा अन्वेशण र सम्पुर्ण थापा बन्धुहरुलाई एकत्रित गर्ने उद्देश्य सहित समाजको गठन गरिएको नव गठित समितिका सचिव माधव थापाले जानकारी दिनुभयो । कार्यक्रममा सर्लाही सहित छिमेकी जिल्ला महोत्तरी, रौतहट, सिन्धुलीबाट समेत थापा बन्धुहरुको सहभागि रहेको थियो ।
यस्तै भेलाले समाजको बरिष्ठ उपाध्यक्षमा शंकर थापा, उपाध्यक्षमा बुक कुमारी थापा र प्रेम थापा, सचिवमा माधव थापा, सह–सचिवमा खड्ग बहादुर थापा, कोषाध्यक्षमा तेज बिक्रम थापा तथा सदस्यहरुमा धन कुमारी थापा, भोला थापा, सुर्यजंग थापा, ओम प्रकाश थापा, मेनुका तिमल्सेना थापा र ललित बहादुर थापालाई चयन गरेको छ ।
यसैविच चुडाबहादुर थापाको संयोजकत्वमा समाजको ९ सदस्य सल्लाहकार समिति समेत गठन भएको छ । समितिको सदस्यहरुमा कृष्ण बहादुर थापा, राजन थापा, शंकर थापा, गोपाल थापा, नरसिङ बहादुर थापा, सहदेव कुमार थापार हरिबहादुर थापालाई चयन गरेको हो । भने, सुर्य बहादुर थापाको संयोजकत्वमा समाजको तीन सदस्य लेखा समिति चयन भएको छ ।
समिति सदस्यहरुमा कविराज थापा र लव कुमार थापा चयन भएका समाजका अध्यक्ष रामहरी थापाले जानकारी दिनुभयो । केही बर्ष देखी यस क्षेत्रमा रहेको बगाले थापा क्षेत्री बन्धुहरुले धरहरामा रहेको कुलायन मन्दिर परिसरमा सामुहिक देवाली पुजा समेत आयोजना गर्दै आएका छन् ।