Saturday, May 18, 2024

प्रहरीले ८ जना प्रतिवादी अदालमा बुझायो

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुलाई अदाल बुझाएको छ ।

विभिन्न मुद्धामा जरिवाना फैसला पछि फरार ८ जना अपराधिहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेस गरेको हो । पक्राउ परेकाहरुलाई जिल्ला अदालत सर्लाहीले २०० रुपैया देखी ५ हजार रुपैया सम्म जरिवाना फैसला गरेको छ ।

पक्राउ पर्नेहरुमा सर्लाहीको तत्कालिन खैरवा गाविस–९, बस्ने युगल किशोर यादव, कैलाश राय, प्रसन्न भनिने दशरथ सहनी, दर्शन सहनी, रामकृपाल सहनी, केदार सहनी, शिव मण्डल सहनी र अमिचन राय रहेका जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

उनीहरु मध्य युगल किशोर र कैलाश बिरुद्ध सार्वजनिक अपराध सम्बन्धी मुद्धामा जरिवाना भएको हो । भने, दशरथ, दर्शन र रामकृपाल बिरुद्ध कुटपिट र लुटपाट मुद्धामा जरिवाना फैसला भएको हो । केदार, शिव र अमिचन बिरुद्ध कुटपिट मुद्धामा जरिवाना गरिएको अदालतले जनाएको छ ।

पक्राउ परेका फरार प्रतिवादी एकै गाउँका रहेका प्रहरीको भनाई छ । उनीहरु बिरुद्ध एउटै घटनामा मुद्धा दर्ता भएको थियो । अदालतले उनीहरुलाई १२ हजार ७ सय रुपैया जरिवाना फैसला गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles