Tuesday, July 16, 2024

प्रहरीले ६ लाख बराबरको अबैध सामान भन्सार बुझायो

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले लाखौँ मुल्य बराबरको अबैध सामाग्री भन्सार कार्यालयमा बुझाएको छ ।

जिल्लाका विभिन्न स्थानबाट अबैध रुपमा नेपाल भित्राएका विभिन्न सामाग्री आईतबार भन्सार कार्यलयमा बुझाएको हो । लत्ता कपडा, व्याग, सुटकेश, पेय पदार्थ र किराना सामाग्री र ओसार पसारमा प्रयोग भएको दुई थान मोटरसाईकल समेत प्रहरीले भन्सार कार्यलयमा बुझाएको हो ।

सम्पुर्ण सामाग्रीको चलनचल्ती अनुसार ५ लाख ९९ हजार ९ सय ६५ रुपैया मुल्य कायम गरी जिल्ला भन्सार कार्यलय सर्लाहीमा बुझाएको प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । खुल्ला नाकाका कारण अबैध रुपमा भित्रीएका सामाग्रीहरु प्रहरीले धमाधम पक्राउ गरिरहेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles