Tuesday, July 16, 2024

प्रहरीले लाखौँको अबैध सामान भन्सार बुझायो

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले लाखौँ मुल्य बराबरको भन्सार छलीका सामाग्री भन्सार कार्यलयमा बुझाएको छ ।

भन्सारछली गरेर नेपाल भित्राएका ५ लाख ४१ हजार तीन सय मुल्य बराबरको विभिन्न सामान आवश्यक कार्वाहीको लागि पक्राउ गरी जिल्ला भन्सार कार्यलय बुझाईएको प्रहरीले जनाएको हो । पक्राउ परेका तथा बरामद सामाग्रीहरुमा युरिया मल खाद, विभिन्न लत्ता कपडा, किराना सामाग्री, पेय पदार्थ, स्टेश्नरी कस्मेटिक सामानहरु रहेका छन् ।

विभिन्न समयमा बरामद भएका तथा पक्राउ परेका उक्ता सामानहरुलाई बुधबार भन्सारमा बुझाईएको प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । भन्सार छलीका गतिविधिमा सुरक्षा निकाय चनाखो बनेको एक प्रहरी अधिकारीले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles