Tuesday, July 16, 2024

प्रहरीले दुई फरार प्रतिवादी अदालत बुझायो

ताजा / भरखरै प्राप्त

मलंगवा–सर्लाही प्रहरीले दुई फरार प्रतिवादीलाई अदालत बुझाएको छ ।

बिहिबार प्रहरीले कविलासी नगरपालिका–८, बस्ने दिनेश मण्डल धानुक र रामनगर गाउँपालिका–२, ध्रुवाटोला बस्ने रामबाबु रायलाई पक्राउ गरी अदालत बुझाएको हो । प्रहरीका अनुसार मण्डल जबरजस्ती करणी मुद्धामा १० बर्ष कैद फैसला भएका फरार प्रतिवादी हुन् ।

यस्तै अर्का फरार प्रतिवादी राय बिरुद्ध ज्यान मार्ने उद्योगमा १५ हजार जरिवाना फैसला भएको थियो । दुवै फरार प्रतिवादीलाई फैसला कार्यन्वयनको लागि पक्राउ गरी जिल्ला अदालत पेस गरिएको प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

यस्तै सर्लाही प्रहरीले पशुचौपाया चोरी आरोपमा एक यूवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय सर्लाहीका अनुसार हरिवन नगरपालिका–११, पर्ता टोलबाट सोही स्थान बस्ने २४ बर्षका राजा हुसेनलाई पशुचौपाया चोरी गर्दै गर्दा पक्राउ गरिएको हो । हुसेनले बागमती नगरपालिका–३, सागरनाथ बन क्षेत्रमा स्थानीयले चरिचरनका लागि छाडेको ८ वटा भैसी तथा पाडापाडी चोरी गरेर लगेका थिए ।

पक्राउ परेका हुसैनलाई चोरी मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles