Sunday, March 16, 2025

पुर्व बिद्यार्थीले बिद्यालयलाई कम्प्युटर दिए

ताजा / भरखरै प्राप्त

हरिवन–सर्लाहीको हरिवन नगरपालिका स्थित एक बिद्यालयलाई पुर्व बिद्यार्थीहरुले कम्प्युटर सहयोग गरेका छन् ।

पुर्व बिद्यार्थीहरुले हरिवन नगरपालिका–८, स्थित चुरे जनता आधारभुत बिद्यालयलाई दुई ‘सेट’ कम्प्युटर प्रदान गरेका हुन् । अध्यनको शिलशिलामा अष्ट्रेलिया पुगेका पुर्व बिद्यार्थीहरु कल्याण फुयाल, निश्चल सुवेदी, उज्वल सुवेदी, अंकित पौडेल, रोजिना बुडाथोकी, रोशन सापकोटा र रोजन बोगटीले बिद्यालयलाई दुई ‘सेट’ कम्प्युटर प्रदान गरेका हुन् ।

उक्त कम्प्युटर मंगलवार वडाध्यक्ष प्रज्वल ढुंगानाको प्रमुख आतिथ्यतामा बिद्यालयलाई हस्तान्तरण गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक उप्रेतीले जानकारी दिए । कम्प्युटर प्राप्त भएपछि बिद्यालयको प्राविधिक कार्य सम्पादन लगाएतको काममा सहजता आउने अपेक्षा गरिएकोे बिद्यालयका प्रधानाध्यपक डिल्ली राम भट्टराईले जानकारी दिए ।

बालबालिकाको पठनपाठनमा समेत यसले सहयोग पुर्याउने उहाँको भनाई छ । सहयोगि सबै जना बिद्यालयका पुर्व बिद्यार्थी रहेका बिद्यायका प्रधानाध्यापक भट्टराईले जानकारी दिए । कम्प्युटर हस्तान्तरण कार्यक्रममा सहयोगि दाताको तर्फबाट अभिभावकहरुको समेत उपस्थिती रहेको थियो । सहयोगि सबै प्रति बिद्यालय परिवारले धन्यवाद समेत ज्ञापन गरेका छन् ।

बिद्यालयको तर्फबाट सहयोगि पुर्व बिद्यार्थीका अभिभावकहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएकोे थियो । यस बिद्यालयले शैक्षिक गुणस्तर विकासका लागि समाजका सम्पुर्ण निकाय सगँको सहकार्यमा विभिन्न अभियानहरु संचालन गरिरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles