Saturday, May 18, 2024

निर्माण व्यवसायी संघ सर्लाही अध्यक्षमा राउत चयन

ताजा / भरखरै प्राप्त

सर्लाही–निर्माण व्यवसायी संघ सर्लाहीको अध्यक्षमा व्यवसायी जोगी राउत चयन भएका छन् ।

शुक्रबार मलंगवा नगरपालिका–८, स्थित कुशुम पार्टी प्यालेसमा सम्पन्न संघको ७ औँ जिल्ला अधिवेसनबाट राउतको अध्यक्षतामा ११ सदस्य जिल्ला कमिटि चयन गरिएको हो । अधिवेशसनको बिहिबार प्रदेश सरकारका निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र प्रसाद सिंहले उद्घाटन गरेका थिए ।

यस्तै कमिटिको उपाध्यक्षमा कृष्ण कुमार यादव, सचिवमा रामकृष्ण केसी, उप सचिवमा अरविन्द कुमार ठाकुर, कोषाध्यक्षमा धिरेन्द्र कुमार भगत र सदस्यहरुमा धामराज पोखरेल, मुकेश पण्डित, रोशन प्रसाद जयसवाल, अजय कुमार साह, सोहन कुमार झा र दिलिप महतो चयन भएका छन् ।

संघको नयाँ नेतृत्व चयनको लागि अधिवक्ता रंजित कुमार पाण्डेको संयोजकत्वमा निर्वाचन कमिटि गठन भएको थियो । अधिवेशनबाट सर्वसहमतीले कमिटि गठन भएको संयोजक पाण्डेले घोषणा गरे । नयाँ कमिटिलाई आउदो आईतबार पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम रहेको संघका निवर्तमान अध्यक्ष विनोद कुमार साहले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles