Monday, December 2, 2024

दोस्रो नगर स्तरिय भलिवल : हरिवन र लालबन्दी विजयी

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकमा सुरु भएको दोस्रो नगर स्तरिय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा हरिवन र लालबन्दी विजयी भएको छ ।

मंगलबारबाट गणतन्त्र दिवसको अवसर तथा स्वर्गीय धनबहादुर आलेको संझनामा बागमती नगरपालिका–१, मिलनचोक स्थित स्वर्गीय धन कुमारी बानियाँ खेल मैदानमा दोस्रो नगर स्तरिय भलिबल प्रतियोगिता सुरु गरिएको हो । उद्घाटनमा दुई खेल भएकोमा पहिलो खेल हरिवन युवाक्लवले र दोस्रो खेल लालबन्दी युवा क्लवले जितेको हो ।

हरिवनले लाफ युवा क्लवलाई २५–२३ र २५–२० को सोझो सेटमा पराजित गर्यो । भने, दोस्रो खेलमा लालबन्दी युवा क्लवले २५–१४ र २५–१७ को सेटमा सुक्नाह क्लवलाई हराएको छ । पहिलो खेलको म्यान अफ द म्याच लाफाका सुमिन्द्र थापा दोस्रो खेलमा सुकनाहाका सनम चौधरी घोषित भएका आयोजक मिलनचोक युवा क्लवले जनाएको हो ।

यस्तै प्रतियोगिता अन्तरगत आजको खेलमा ६ वटा पतिस्पर्धाका लागि १२ टोली मैदानमा उत्रदै छन् । आजको पहिलो खेलमा कोल्वी र बसनिया, दोस्रोमा मधुवन र डुमरिया रौतहट, तेस्रोमा बड्कुर्वा र खैरा, चौथोमा सहनी टोला र आयोजक(बि), पाचौँमा शंकरदिना र सहपुर डुमरिया तथा अन्तिम अर्थात छैठौँ खेलमा सिरसिया र मिलनचोक आयोजक(ए) विच प्रतिस्पर्धा हुने आयोजक क्लवका अध्यक्ष गोकर्ण रुपा खेतीले जानकारी दिए ।

बिहान ७ बजेबाट सुरु हुने प्रतियोगिता दिउसो ४ बजे सम्म संचालन हुने आयोजक क्लवका सचिव सुन्दर राणाले जानकारी दिए । प्रतियोगिताको फाईन खेल पर्सी शुक्रबार हुने छ । प्रतियोगिताको विजेता टोलीले नगद ३५ हजार शिल्ड, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टोलीले नगर २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै बेष्ट प्लेर अफ द टुर्नामेन्ट, बेष्ट सेटर, बेष्ट स्पाईकर, बेष्ट डिफेण्डर तथा बेष्ट बल्कर बिधामा समेत पुरस्कृत गरिने क्लवका सचिव सुन्दर रानाले बताए । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित आयोजित प्रतियोगिताको वडानम्बर १ का वडाध्यक्ष गम्भिर सिङ पाख्रिनले उद्घाटन गरेका थिए । कार्यक्रममा खेलमैदान प्रदान गर्ने समाजसेवी बागमती–४ निवासी बुद्धी बानिया समेतको आतिथ्यता रहेको थियो ।

यसैविच कार्यक्रमकै विच यस खेल मैदानको उद्घाटन तथा नामाकरण समेत गरिएको छ । जग्गा दाता समाजसेवी बानियाकी माताको नाममा खेल मैदानको नाम स्वर्गिय धन कुमारी बानियाँ खेल मैदान कायम गरिएको क्लवका अध्यक्ष रुपाखेतीले जानकारी दिनुभयो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles