बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकमा जारी दोस्रो नगर स्तरिय भलिबल प्रतियोगितामा ८ वटा खेल सम्पन्न भएको छ ।
बुधबार दोस्रो दिन ८ वटा खेल सम्पन्न भएको आयोजक मिलनचोक युवा क्लवका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए । प्रतियोगिता अन्तरगत पहिलो खेलमा २५–२१, २१–२५ र २५–२१ को सेटमा कोल्वीले बसनियालाई पराजित गरेको हो । दोस्रो सेटमा पराजित भएको कोल्वी पहिलो र तेस्रो सेटमा विजयी भएयो । कोल्वीका अभिनन्दन चौधरी म्यान अफ दि म्याच घोषित भए ।
यस्तै दोस्रो खेलमा डुमरिया रौतहट नआएपछि मधुवन स्वत विजयी घोषित भयो । भने, तेस्रो खेलमा बडकुर्वालाई २५–२३, १५–२५ र २५–१९ को सेटमा पराजित गर्दै खैरा बारा विजयी भएको हो । बडकुर्वाका अनिश चौधरी खेलको म्यान अफ द म्याच घोषित भए ।
यस्तै चौथो खेलमा शंकरदिनालाई २५–१६, २५–२१ को सोझो सेटमा पराजित गर्दै सहपुर ढुमरिया विजयी भएको छ । सहपुरका खेलाडि आदर्श चौधरी खेलको म्यान अफ द म्याच घोषित भए । भने, पाचौँ खेलमा सिरसिया नआएपछि आयोजक मिलनचोक(ए) स्वत विजयी घोषित भएको छ ।
यस्तै छैठौँ खेलमा मधुबन बारालाई हराउदै कोल्वी विजयी भएको छ । कोल्वीले २५–१८, १८–२५ र २५–१८ को सेटमा मधुवन बारालाई पराजित गरेको हो । खेलको म्यान अफ द म्याच मधुवन–८, बाराका राहुल कुमार गिरी घोषित भए ।
यस्तै आजको सातौँ खेलमा आयोजक (बी) लाई पराजित गर्दै सहनी टोला विजयी भएको छ । सहनी टोलाले २५–१९ र ३०–२८ को सोझो सेटमा आयोजक (बी)लाई पराजित गर्यो । प्रतियागिताको म्यान आफ दि म्याच श्रीराम राना घोाषित भए ।
भने, आजका अन्तिम अर्थात आठौँ खेलमा साहपुर ढुमरियालाई २५–१३, २५–८ को सोझो सेटमा पराजित गर्दै आयोजक (ए) विजयी भएको हो । खेलको म्यान अफ दि म्याच साहपुर ढुमरियाका किरण चौधरी घोषित भए । जित सगैँ आयोजक (ए) क्वाटर फाईनलमा प्रवेश गरेको छ ।
आजको खेलमा निर्धारित समयमा दुई टोली नआएपछि दुई टिमले बाईपाएका थिए ।
गणतन्त्र दिवसको अवसर तथा स्वर्गीय धनबहादुर आलेको संझनामा बागमती नगरपालिका–१, मिलनचोक स्थित स्वर्गीय धन कुमारी बानियाँ खेल मैदानमा दोस्रो नगर स्तरिय भलिबल प्रतियोगिता संचालन भईरहेको छ । प्रतियोगिता अन्तरगत भोलीको खेलमा ७ वटा खेल हुने आयोजक क्लवमा सचिव सुन्दर रानाले जानकारी दिए ।
प्रतियोगिताको फाईन खेल शुक्रबार हुने छ । प्रतियोगिताको विजेता टोलीले नगद ३५ हजार शिल्ड, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टोलीले नगर २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको हो ।
यस्तै बेष्ट प्लेर अफ द टुर्नामेन्ट, बेष्ट सेटर, बेष्ट स्पाईकर, बेष्ट डिफेण्डर तथा बेष्ट बल्कर बिधामा समेत पुरस्कृत गरिने क्लवका सचिव रानाले जानकारी दिए ।