मलंगवा–सर्लाही प्रहरीले विभिन्न मुद्धामा फरार रहेका दुई प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।
सोमबार सर्लाही प्रहरीले ईश्वरपुर नगरपालिका–१, पोखरीया बस्ने शम्भु महतो र बिष्णु गाउँपालिका–६, सिमरा बस्ने राम अवधेश मण्डललाई पक्राउ गरेर जिल्ला अदालतमा पेस गरेको हो । पक्राउ परेका महतो सवारी ज्यान मुद्धामा जिल्ला अदालत सर्लाहीबाट एक महिना कैद फैसला पछि फरार भएका प्रतिवादी हुन् ।
यस्तै पक्राउ परेका मण्डललाई अदालतले कर्तव्य ज्यान मुद्धामा पुर्पक्षका लागि कारागार चलान गर्ने फैसला गरेको छ । उनी घटना लगतै फरार भएका थिए । जिल्ला अदालत सर्लाहीले दुवै जनालाई कैदका लागि जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरीका पवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । ।