Tuesday, July 16, 2024

ट्याक्टरकाे ठक्करबाट माेटरसाईकल चालकाे ज्यान गयाे

ताजा / भरखरै प्राप्त

बसबरिया-सर्लाहीकाे बसबरिया गाँउपालिका स्थित मानपुरमा भएकाे सवारी दुर्घटनामा एक युवककाे मृत्यु भएकाे छ ।

शनिवार बसबरिया गाँउपालिका-१, मानपुरमा ट्याक्टरकाे ठक्करबाट प्रदेश ०३-०३० प ९८५८ नम्बरकाे माेटरसाईकल चालक धन्काैल गाँउपालिका-३ हरकठ्वा बस्ने ३० बर्षका सुरेश कुमार सिंहकाे मृत्यु भएकाे हाे । मानपुर बजारबाट मानपुर तर्फ जाँदै गरेकाे प्रदेश २-०२-००१ त २२८० नम्बरकाे ट्याक्टरले विपरित दिशाबाट आउदै गरेका सिंह सवार माेटरसाईकललाई ठक्कर दिएकाे थियाे ।

ट्याकटरकाे ठक्करबाट उन्का घटना स्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एंव डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटना लगतै ट्याक्टर चालक र ट्याक्टर नियन्त्रणमा लिएर घटनाकाे अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे हाे । सव परिक्षण पश्चात प्रहरीले आफन्तकाे जिम्मा लगाएकाे छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles