Monday, September 9, 2024

चार दिनका लागि नेपाल भारत सिमा नाका ‘सिल’

ताजा / भरखरै प्राप्त

सर्लाही–भारतमा हुन लागेको लोक सभा निर्वाचनको लागी सर्लाही स्थित नेपाल–भारत सिमा नाका ‘सिल’ गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले सूचना प्रकाशित गरी दुई चरणमा गरेर चार दिनको लागि सिमा नाका ‘सिल’ गरिने जनाएको हो । नेपाल–भारत सिमा सम्यूक्त समन्वय बैठकले सिमा ‘सिल’ गर्ने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी धमलाका अनुसार सर्लाही सँग सिमा जोडिएको नेपाल–भारतीय सीमा नाका पहिलो चरणमा जेठ ५ गते आईतबार राति १२ बजेबाट जेठ ७ गते मंगलबार राती १२ बजे सम्मका लागि र दोस्रो चरणमा जेठ १० गते राती १२ बजे देखी जेठ १२ गते राती १२ बजे सम्मका लागि ‘सिल’ गरिने छ ।

भारतको बिहार राज्य स्थित सितामढी र पुर्वी चम्पारण जिल्लामा जेठ ७ र १२ गते लोक सभा निर्वाचन हुन लागेको हो । निर्वाचनको ७२ घण्टा अगाडि देखी पुर्वमा पर्सा गाउँपालिका स्थित बाँके खोला देखी पश्चिममा बलरा नगरपालिका स्थित बागमती खोला सम्म सिमा वारपार गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी धमलाले जानकारी दिनुभयो ।

सिमा नाका ‘सिल’ गरिएको अवधिमा दुवै देशका सिमा सुरक्षा अधिकारीहरुले ओहोर दोहोर गर्न प्रतिबन्ध लगाउने छन् । नेपाल वा भारतमा हुने निर्वाचनको ७२ घण्टा अघिदेखि नै सीमा नाका ‘सिल’ गर्ने गरिएको छ.।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles