सर्लाहीसर्लाही प्रहरीले अबैध रुपमा संचालन गरिएको मदिरा भट्टी र तयारी मदिरा नष्ट गरेको छ ।
गोडैता नगरपालिका र बिष्णु गाउँपालिकाका विभिन्न स्थनबाट प्रहरीले ५ वटा अबैध भट्टी नष्ट गरेको जनाएको हो । बिष्णु गाउँपालिका–३, स्थित बासघारीमा अबैध रुपमा संचालन भएको भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो ।
भट्टी, मदिरा बनाउने ७ हजार लिटर कच्चा पदार्थ, भाडा वर्तन र भट्टीमा संचालन हुने मेसिन समेत गरी अन्दाजी ९० हजार मुल्य बराबरको सरसामाग्री नष्ट गरेको जिल्ला प्रहरीका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै प्रहरीले गोडैता नगरपालिका स्थित विभिन्न स्थानमा संचालनमा रहेका भट्टीहरु पनि नष्ट गरेको जनाएको छ । गोडैता नगरपालिका–६, बगदह, ९ खकैनिया, २ र ११ सिसौटिया टोलामा संचालनमा रहेको भट्टी समेत नष्ट गरेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
प्रहरीले एक हजार लिटर कच्चा पदार्थ, तीन सय लिटर तयारी मदिरा, मेसिन तीन थान, ड्रम ५ थान र भाडाबर्तन गरेर ८० हजार मुल्य बराबरको सामाग्रीहरु नष्ट गरेको हो ।
जिल्लाको सिमावर्ती क्षेत्रमा अबैध रुपमा भट्ट िपसलहरु संचालन हुने गरेको सुराकीको आधारमा प्रहरीले छापामारेको हो । यसरी संचालित भट्टी पसलहरुका कारण सिवावर्ती क्षेत्रमा अपराधिक गतिविधि बढेको भन्दै गतिविधि बढाईएको प्रहरीले जनाएको हो ।