Tuesday, July 16, 2024

गाई सहित ढुवानी गर्ने दुईजना पक्राउ

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाही प्रहरीले तस्करीको आशंका सहित गाई, गाई ढुवानीमा प्रयोग भएको सवारी र दुई जनालाई पक्राउ गरेको छ ।

आईतबार लालबन्दी नगरपालिका–११, स्थित सडक खण्डबाट ७ वटा गाई सहित ढुवानीमा प्रयोग भएको गाढि र चालक तथा सहचालक समेतलाई प्रहरीले पक्राउ गरेको हो । मधेश प्रदेश ०३–००१ च ७४५४ नम्बरको पिकअपमा लोड गरेर नेपालबाट भरत तर्फ लैजादै गरेको अवस्थामा गाई नियन्त्रणमा लिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले गाडी चालक हेमन्त ढुंगेल र सहचालक ईशराफुल मियालाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका मानिष, सवारी र ७ वटा गाई समेत गरी ५ लाख ५६ हजार मुल्य कायम गरि आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यलयमा बुझाईएको प्रहरीले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles