Tuesday, July 16, 2024

गाँजा सहित युवक पक्राउ

ताजा / भरखरै प्राप्त

लालबन्दी–सर्लाहीको लालबन्दीबाट एक युवक प्रतिवन्धित लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।

बिहिबार लालबन्दी नगरपालिका–१७, मरिण चोकबाट लागु औषध गाँजा सहित लालबन्दी–१४, बस्ने २५ बर्षका मनबहादुर रुम्बालाई प्रहरीले पक्राउ गरेको हो । कालो झोला भित्र सेतोबोरामा पोको पारेर बोकेको अवस्थामा रुम्बाको साथबाट २ किलो ८ सय ग्राम गाँजा बरामद् भएको लालबन्दी प्रहरीले जनाएको छ ।

सडकमा उभी रहेका रुम्बालाई शंका लागेर चेकजाचँ गर्ने क्रममा लागु औषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । बरामद गाजाँ सहित युवकलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लालबन्दीले हिरासतमा लिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles