Tuesday, July 16, 2024

गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय

ताजा / भरखरै प्राप्त

सर्लाही–सर्लाहीमा भव्य समारोहका विच गणतन्त्र दिवस मनाउने निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यलयमा बसेको बैठकले गणतन्त्र दिवसको अवसरमा कार्यक्रम आयोजना सम्बन्धी निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति सभापति कोशल किशोर सिङको संयोजकत्वमा मुल समारोह समिति समेत गठन भएको छ । १५१ सदस्य गणतन्त्र दिवस आयोजक मुल समारोह समितिमा २० वटै पालिकाका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनैतिक दल, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य संघ, गैरसरकारी संघ संस्था लगाएतको सहभागिता रहेको छ ।

बैठकको निर्णय अनुसार १४, १५ र १६ गते घरको छत, बरण्डा परिसरमा निर्धारित राष्ट्रिय झण्डा मर्यादापुर्वक सजाउने र साझमा दिपप्रज्वलन गर्ने समेत बैठकले निर्णय गरेको हो । गणतन्त्र दिवसको दिन सर्लाहीको ईश्वरपुर नगरपालिकामा ५ दिवसीय योग शिविर उद्घाटन, प्रभातफेरी, झण्डोतोलन र मन्च कार्यक्रम तथा निशुल्क स्वास्थ्य शिविर उद्घाटन गरिने भएको प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

यस्तै गणतन्त्र दिवसको अवसरमा विभिन्न पालिकाले बृक्षा रोपण लगाएतका कार्यक्रम समेत आयोजना गरेका छन् । दिवसको अवसरमा बिद्युतिय सूचना प्रशारण तथा प्रकाशनका साथै जिल्लामा सास्कृतिक, साहित्यीक र रचनात्मक प्रतियोगिता समेत आयोजनाको लागि प्रोत्साहन गर्ने निर्णयमा उल्लेख गरिएको हो ।

बैठकमा जिल्ला समन्वय समिति समापति सिङ, ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार आचार्य, प्रमुख जिल्ला अधिकारी धमला, सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरे, जिल्लाका चार वटै सुरक्षा निकायका प्रमुख लगाएतको उपस्थिती रहेको जिल्ला प्रशासन कार्यलय सर्लाहीका कम्प्युटर अपरेटर मुकेश यादवले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles