Tuesday, July 16, 2024

गणतन्त्र दिवसको अवसरमा नगर स्तरिय भलिबल

ताजा / भरखरै प्राप्त

बागमती–सर्लाहीको बागमती नगरपालिका स्थित मिलनचोकमा दोस्रो नगर स्तरिय भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

गणतन्त्र दिवसको अवसर तथा स्वर्गीय धनबहादुर आलेको सम्झनामा मिलनचोक युवा क्लवले दोस्रो नगर स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेको हो । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नारा सहित आयोजित प्रतियोगिताको आज एक कार्यक्रमका विच उद्घाटन गरिने क्लवका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले नगद ३५ हजार शिल्ड, मेडल र प्रमाणपत्र तथा द्धितिय हुने टोलीले नगर २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको हो । बेष्ट प्लेर अफ द टुर्नामेन्ट, बेष्ट सेटर, बेष्ट स्पाईकर, बेष्ट डिफेण्डर तथा बेष्ट बल्कर बिधामा समेत पुस्कृत गरिने क्लवका सचिव सुन्दर रानाले बताए ।

प्रतियोगिता दिउसो ३ बजेबाट सुरुहुने छ । प्रतियोगिताको फाईन खेल जेठ १७ गते बिहिबार हुने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles