लालबन्दी–सर्लाहीको लालबन्दी नगरपालिका स्थित कालिन्जोर खोलामा पार्किङमा रहेको ब्याकहो लोडर आगलागीबाट नष्ट भएको छ ।
शनिवार लालबन्दी नगरपालिका–५, कालिन्जोर खोलामा रहेको बा ३ क २९८६ नम्बरको ब्याकहो लोडरमा आगलागी भएको हो । आगलागीबाट मेसिनको अधिकांश भाग जलेर खरानी भएको छ । घटना लगतै पुगेको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा आगो निभाईएको थियो ।
मेसिनका अपरेटर मेसिन यसै छाडेर दिउसो खाना खान गएको समयमा मेसिनमा आगो लागेको प्रहरीले जनाएको छ । मेसिनमा आगो प्राविधिक कारणले लाग्यो वा कसैले लगायो भन्ने बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
उक्त मेसिन केही समय देखी लालबन्दी नगरपालिकाले ठेक्का लगाएको कालिन्जोर खोलामा उत्खन्न कार्यमा प्रयोग भईरहेको थियो । घटनाको बिषयमा बुझने काम भईरहेको जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।