मलंगवा–भष्ट्राचार मुद्धामा दोसी ठहर भएका नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंहलाई पदबाट बर्खास्त गर्न नेताहरुले माग गरेका छन् ।
जिल्ला सभापति सिंहलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गर्न माग गर्दै उपसभापति नवीन अधिकारी सहित ५१ जना नेताहरुले हस्ताक्षर गरेर पत्र बुझाएका हुन् । मनुस्मारा सिंचाई आयोजना अन्तर्गत जल उपभोक्ता समितिको अध्यक्ष रहदा सिङले अनियमितता गरेको भन्दै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालयतमा मुद्धा दायर गरेको थियो । बिशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका सभापति सिङले सर्बोच्चमा पुनरावेदन गरेका थिए ।
सर्बोच्चले समेत बिशेषको फैसला केही उल्टी गरेर फैसला गरेपछि सभापति सिंह भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका हुन् । भ्रष्टाचार मुद्धामा दोसी ठहर भएका सिङले सभापति पद नछाडे पछि बर्खास्त गर्न नेताहरुले केन्द्र गुहारेका छन् । सिंहलाई अबिलम्ब जिल्ला सभापति पदबाट बर्खास्त गर्न माग गर्दै कांग्रेस नेताहरुले पार्टी केन्द्रिय सभापति शेर बहादुर देउवालाई पत्र बुझाएको हुन् ।
जिल्लाका नेताहरुले सभापति सिंहलाई बर्खास्त गर्न माग गर्दै चैत ३० गते नै पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरेका थिए । तर, लामो समय सम्म पनि कुनै कार्वाही नभएपछि ५१ जना नेता कार्यकर्ताको हस्ताक्षर सहित केन्द्रमा निबेदन बुझाईएको उपसभापति अधिकारीले बताए । अदालतबाट भ्रष्टाचार मुद्धामा दोषी ठहर भईसके पछि पनि सिंह जिल्ला सभापतिकै रुपमा सार्वजनिक कार्यक्रमहरुमा सहभागीहुनु गलत भएको उनीहरुको भनाई छ ।
यस्ता गतिबिधिले आम नेता कार्यकर्ताको मनोवल आँच आउने मात्र नभई सिंगो पार्टीको साख समेत गिर्ने अवस्था आएको उपसभापति अधिकारीको भनाई छ । सिंहलाई सर्वोच्च अदालत काठमाडौले २०८० फाल्गुन १५ गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । अदालतले दोषी ठहर गरेका ब्यक्तिलाई अविलम्ब पदबाट बर्खास्त गरिनुपर्ने क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति एवं प्रदेश सभा सदस्य कौशल किशोर रायको मागँ छ ।
सिंहलाई जिल्ला सभापतिबाट बर्खास्त गर्न भन्दै पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएको निवेदनमा क्षेत्र नम्बर १, २ र ३ का सभापतिहरु, पूर्व जिल्ला सभापतिहरु, महासमिति/महाधिवेशन प्रतिनिधिहरु लगायत ५१ जना नेताहरुले हस्ताक्षर गरेका छन् ।