Thursday, December 12, 2024

एमालेको जिल्ला अधिवेशन बैशाख ३० र ३१ गते, नारा र लोगो सार्वजनिक

ताजा / भरखरै प्राप्त

सर्लाही–नेपाल कम्युनिष्ठ पार्टी (एमाले) जिल्ला कमिटि सर्लाहीले अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ ।

आगामी बैशाख ३० र ३१ गते दुई दिन आयोजना हुनलागेको ९ औँ जिल्ला अधिवेशन तयारी स्वरुप कार्यक्रमको लोगो र नारा सार्वजनिक गरिएको पार्टीले जनाएको हो । मंगलबार पत्रकार सम्मेलन आयोजना गरी लोगो र नारा सार्वजनिक गरिएको पार्टीका लोगो तथा नारा तयारी समितिका संयोजक एवं पार्टी नेता चुडामणी वाग्लेले जानकारी दिनुभयो ।

पार्टीले तयार गरेको लोगोमा राष्ट्रिय झण्डा, जिल्लाको चन्द्रनगरमा रहेको नाडिमन ताल, चुरे क्षेत्र, जिल्लाको मुख्य उत्पादनको रुपमा रहेको उखु र गोलभेडालाई प्रतिकात्मक रुपमा प्रयोग गरीको पार्टीका जिल्ला अध्यक्ष राज नारायण साहले जानकारी दिनुभयो । पार्टीकोे चुनाव चिन्ह र पार्टीको लोगो समेत कार्यक्रमको लोगोमा समेटिएको छ ।

यस्तै पार्टीले नवौँ जिल्ला अधिवेशनको लागि ‘‘जवजको मुल मार्ग ः सवृद्धिको यात्रा, सीमा देखी चुरे सम्म ः एमालेको झण्डा’’ भन्ने नारा तय गरेको छ । जिल्लाको समग्र बस्तु स्थितीलाई समेटेर नारा तय गरेको पार्टीका जिल्ला अध्यक्ष साहले बताउनु भयो । पार्टीले अधिवेशनलाई भव्य र सब्य ढंगले सम्पन्न गर्ने दावी गरेको छ ।

अधिवेशनको नेकपा एमाले अध्यक्ष केपी शर्मा वलीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिने जिल्ला अध्यक्ष साहले जानकारी दिनुभयो । २५ लाख लागत अनुमान गरिएको कार्यक्रमका लागि बजेट पार्टीका नेता कार्यकर्ताबाटै जुटाईएको आर्थिक विभाग सम्योजक रेवती पन्तले जानकारी दिनुभयो ।

बैशाख ३० गते बिहान ११ बजेबाट उद्घाटन सत्र र ३१ गते बिहानबाट बन्द सत्र सुरु गरिने पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो । जिल्ला कमिटिको नयाँ नेतृत्व गठन हुने अधिवेशनमा सर्वसहमतीको भरपुर प्रयास गरिने अन्यथा लोकतान्त्रिक विधि प्रकृयाबाट मतदान गरेर नेतृत्व तय हुने जिल्ला अध्यक्ष साहको भनाई थियो ।

अधिवेशनमा जिल्ला कमिटिका १४९ जना, जनसंगठनबाट चयन भएर आएका ७४ जना, वडाबाट चयन भएर आएका ३८७ जना गरी ६१० जना र मनोनित ५ प्रतिशतका दरले हुन आउने ३१ जना गरी कुल ६४२ जना प्रतिनिधिले बन्द सत्रको निर्वाचन प्रकृयामा सहभागि हुन पाउने पार्टीले जनाएको हो ।

नेकपा एमाले जिल्ला कमिटि सर्लाहीले निर्वाचन प्रकृयाका अधिवक्ता रमेश न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला अधिवेशन सम्पन्नका लागि पार्टीले विभिन्न समिति तथा उप–समिति गठन गरी तयारी तिब्र बनाएको छ । भने, पार्टीका नेता कार्यकर्ता समेत गुट उपगुटमा एकतृत भएर अधिवेशनमा होमिएका छन् ।

जिल्ला कमिटिको नेतृत्वको दावी सहित आकंक्षीहरु दौडधुपमा लागेको कुराले पार्टी प्रतिको आकर्षण बढेको भन्दै यसले आफुहरुलाई उत्साहित बनाएको पार्टीकी नेतृ समेत रहेकी प्रतिनिधि सभा सदस्य सरस्वती सुब्बाको भनाई थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles