बिष्णु–सर्लाहीको बिष्णु गाउँपालिकामा आगलागीबाट सर्वस्व गुमाएका पीडितहरुलाई नेपाल प्रहरी श्रीमती संघले राहत वितरण गरेको छ ।
शनिवार नेपाल प्रहरी श्रीमती संघले बिष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलाका अग्नी पीडितहरुलाई खाध्यन्न लागाएतको राहत वितरण गरेको हो । पीडित ६१ परिवारलाई केही समयको लागि राहत होस भन्ने उद्देश्य सहित खाध्यन्न लगाएतको सामाग्री वितरण गरिएको संघकी केन्द्रिय अध्यक्ष एवं कार्यक्रमकी प्रमुख अतिथि लक्ष्मि कुवरले जानकारी दिनुभयो ।
संघका मधेश प्रदेश कमिटिको पहलमा भएको राहत वितरण कार्यक्रममा बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादव, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नावय महानिरीक्षक यज्ञ बिनोद पोखरेल, संघकी प्रसाशन सचिव अनिता देवकोटा, संघकी प्रदेश अध्यक्ष गरिमा पोखरेल, नेपाल प्रहरी प्रदेश कार्यालय जनकपुरका प्रहरी बरिष्ठ उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी उपरिक्षक रविन्द्र बहादुर सिङ, बिष्णु गाउँपालिका–१, का वडाध्यक्ष बिकाउ ठाकुर लगाएतको सहभागिता रहेको थियो ।