Monday, September 9, 2024

हरिवन बजारमा ‘वाटर डिस्पेन्सर’ जडान

ताजा / भरखरै प्राप्त

हरिवन–निःशुल्क शुद्ध पिउने पानीका लागि सर्लाहीको हरिवन बजार क्षेत्रमा ‘वाटर डिस्पेन्सर’ जडान गरिएको छ ।

बुधबार हरिवन नगरपालिका–११, बजार क्षेत्र र वडा नं ९, नयाँरोड चोकमा ‘वाटर डिस्पेन्सर’ जडान गरिएको हो । उद्योग वाणिज्य सङ्घ हरिवनको पहलमा विभिन्न दाताको सहयोगमा पिउने पानीको मेसिन जडान गरिएको सङ्घका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए । ‘वाटर डिस्पेन्सर’ जडानपछि बजार आउने–जाने नागरिकले निःशुल्क स्वच्छ पानी पिउन पाउने पोतेको भनाइ छ ।

हरिवन बजार क्षेत्रमा दुई थान र नयाँरोड चोकमा एक थान मेसिन जडान गरिएको हो । ‘वाटर डिस्पेन्सर’बाट चिसो–तातो पानी आउने उन्ले बताए । सार्वजनिक ट्युवेलहरुमा पानी आउन छाडेपछि बोतलको पानी किनेर पिउनुपर्ने बाध्यता थियो । अब पानी पिउनु पर्दा पैसा नभएर काकाकुल हुनु नपर्ने सङ्घका सदस्य युवराज भण्डारीले बताए ।

उक्त वाटर डिस्पेन्सर खरिदका लागि देश तथा विदेशबाट सहयोग प्राप्त भएको कार्कीले जानकारी दिए । तीन थान मेसिन रु एक लाख ३० हजारमा खरिद गरिएको थियो । तत्कालका लागि एक थान मेसिन सञ्चालनको जिम्मा हरिवनमा रहेको चण्डेश्वरी डिपार्टमेन्टल स्टोर्स र दुई थान प्रभु बैङ्क हरिवन शाखाले लिएको सङ्घका अध्यक्ष पोतेले बताए ।

मेसिनमा हरिवन खानेपानी र बृहत् खानेपानी बागमतीले निःशुल्क खानेपानी लाइन जडान गरिदिएका छन् । मेसिनको औपचारिक कार्यक्रम बीच उद्घाटन गरिएको थियो । नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा मेसिनको उद्घाटन गरिएको हो । कार्यक्रममा नगरकी उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालयका प्रमुख राजकुमार थापा, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति थियो । सोही कार्यक्रमबीच सहयोगी दाताहरुलाई सम्मान समेत गरिएको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles