Tuesday, April 16, 2024

हरिवनमा इस्टर महोत्सव सम्पन्न

ताजा / भरखरै प्राप्त

हरिवन– सर्लाहीको हरिवनमा विश्वव्यापी इस्टन महोत्सव सम्पन्न भएको छ ।

आईतबार हरिवन नगरपालिका स्थित बजारमा सर्लाही ख्रिष्टयन समाजको आयोजनामा महोत्सव सम्पन्न भएको हो । समाजका सचिव धनलाल थोकरका अनुसार येशु ख्रिष्टको पुनरउत्थान तथा विश्वव्यापी इस्टन महोत्सव सम्पन्न गरिएको हो । मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको समाजले जनाएको हो ।

कार्यक्रममा विभिन्न सास्कृतिक प्रस्तुती समेत रहेको कार्यक्रमका सभाध्यक्ष सर्लाही ख्रिष्टयन समाजका अध्यक्ष पास्टर कपिल देव चौधरीले जानकारी दिए । सर्लाही ख्रिष्टयन समाजका सल्लाहकार पास्टर जयराज चौलागाईको स्वागत मन्तब्य रहेको यस कार्यक्रममा जिल्लाका विभिन्न चर्चका पास्टर, अगुवा तथा विश्वासीहरुको समेत सहभागिता रहेको समाजका जिल्ला सचिव थोकरले जानकारी दिए ।

कार्यक्रमा गुडन्यूज ब्याण्डको बिषेश प्रस्तुती रहेको आयोजकले जनाएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles