हरिवन–जिल्लाको दुई छुट्टा छुटै आगलागी घटनामा दुई वटा घर र दुई वटा फारम घर जलेर नष्ट भएको छ । भने, लाखौँको क्षती भएको छ ।
गएराती सर्लाहीको हरिवन र कविलासीमा आगलागी भएको हो । आगलागीबाट हरिवन नगरपालिका–३, मोहनपुर बस्ने रोहन भुजेलको घर र दुईवटा फारम घर जलेर नष्ट भएको हो । भुजेलको बस्ने घर र बाख्रा र कुखुरा पालन गरेको दुईवटा फारम घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भुजेलको फारममा रहेको २६ वटा कुखुरा र २० वटा हाँस समेत जलेर मरेको छ । घर, फारम घर, कुखुरा र हाँस, घरमा रहेका अन्नपात, लत्ताकपडा, भाडा बर्तन सहित सर सामान जलेर नष्ट हुदा ११ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको हो । आगो बिद्युतको तार सर्ट भएर लागेको प्रहरीको अनुमान छ ।
यस्तै गएरातीनै कबिलासी नगरपालिका–१०, सलेमपुरमा पनि एक घरमा आगलागी भएको छ । आगलागीबाट सोही स्थानका बाशुदेव महतोको गोठघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । अचानक लागेको आगोले महतोको गोठघरमा रहेका सामाग्री खरानी हुदा दुई लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
दुवै स्थानको आगो स्थानीय, प्रहरी, हरिवन नगरपालिकाबाट पुगेको बारुणयन्त्रको सहायतामा नियन्त्रणमा लिईएको थियो । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सुख्खा मौसम तथा हावाहुरीको समय रहेकोले जिल्लामा दैनिक जसो आगलागीको घटना हुदै आएको छ ।