मलगवा–सर्लाही प्रहरीले मलंगवाबाट ५३ राउण्ड गोली बरामद् गरेको छ ।
बिहिवार मलंगवा नगरपालिका–८, गोरखकाली नजिकैबाट ५३ राउण्ड गोली बरामद गरेको प्रहरीले जनाएको हो । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले खाल्डो खनेर गाडेको अवस्थामा गोली बरामद् गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
जिल्लाको इश्वरपुर नगरपालिका–५, निवासी विजय महतोले गोरखकाली नजिकै संचालन गरेको मोटरसाईकल ग्यारेजको कवाड समान राखेको ठाउँबाट केएफ ७.६५ लेखीएको गोली बरामद भएको प्रहरीले जनाएको हो । बरामद गोलीको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।